Welcome to Devdaha

An official Devdaha Tourism Site

कृषिको स्टल, मेलामा दर्शकको रोजाइमा

माघ १४ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको आकर्षणको रुपमा कृषि स्टल रहेको छ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका देवदहमा आयोजित महोत्सवमा कृषि स्टल आकर्षणको रुपमा रहेको छ । देवदह अर्गानीक तरकारी उत्पादन क्षेत्रको रुपमा समेत चिनिन्छ छ । देवदह क्षेत्रमा उत्पादन भएका कृषि उपजलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सवमा कृषि स्टल राखिएको हो । महोत्सवमा आउने दर्शकहरुले कृषि स्टलबाट कृषि सम्वन्धी जिज्ञासा राख्ने गरेको कृषि उपसमितिका संयोजक त्रिलोचन दहालले बताउनु भयो । कृषि स्टलमा देवदह क्षेत्रमा उत्पादन भएका फुलगोभी, वन्दा गोभी, पेदालु, सेभी, फर्सी, च्याउ, मुला लगायतका कुृषि उपजहरु राखिएको छ । तरकारी उत्पादन, दुग्ध उत्पादन र कृषिको प्रचुर संभावना रहेको देवदह क्षेत्र भएकोले यसको प्रवद्र्धन गर्न सकिए आत्मनिर्भर बन्न सक्ने संयोजक दहालले बताउनु भयो । देवदह क्षेत्रमा उत्पादन भएका कृषि उपजहरु प्रतियोगिताको रुपमा समेत राखिएको छ । स्टलमा देवदह क्षेत्रका कृषहरुले उत्पादन गरेका १२७ वटा कृषि उपजहरु राखिएको छ । मूल्याकनको आधारमा छनोट गरी पुरस्कृत गरिने मूआयोजक समितिका संयोजक गोविन्द ठड्राईले बताउनु भयो । देवदह नगरपालिकाले समेत देवदहलाई कृषि, दुग्ध उत्पादनको रुपमा पहिचान बनाउन लागिपरेको छ । कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्न देवदह नगरपालिकाले नगरसभाबाट समेत कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट समेत विनियोजित गरेको छ । देवदहलाई पर्यटकीय संगै तरकारी उत्पादन र दुग्ध उत्पादनको रुपमा विकास गर्दै देवदहलाई अगाडि बढाउन लागिपरेको देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो । सोही अनुरुपमा देवदहमा संचालन भएको महोत्सवमा समेत आमनागरिक र कृषिकहरुलाई कृषि सम्वन्धी ज्ञान र जानकारी दिने उद्देश्यले कृषिका स्टल राखिएको हो ।

You Might Also Like