Welcome to Devdaha

An official Devdaha Tourism Site

महोत्सबको आकर्षणको केन्द्र बन्दै, फोटो प्रदर्शनी

माघ १३ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत तेश्रो दिन दर्शकहरुको उल्लखनीय सहभागिता बढेको छ । उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका साथ रुपन्देहीको देवदहमा संचालनमा भएको हो । महोत्सवको तेश्रो दिन सार्वजनकि विदाका भएका कारण दर्शकहरुको उल्लखनीय सहभागिता बढेको मूलआयोजक समितिले जनाएको छ । महोत्सवको तेश्रो दिन करिव २० हजार दर्शकले अवलोकन गरेको मूलआयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईले जानकारी दिनु भयो । त्यसैगरी तेश्रो दिनको मेलामा करिव २५ लाखको कारोवार भएको संयोजक ठड्राईले बताउनु भयो । मेलाको विशेष आकर्षणको रुपमा फोटो र चित्रकला प्रदर्शनी रहेको छ । भगवान गौतम बुद्धको मावली देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनीले दर्शकहरुको आकर्षण बढेको फोटो प्रदर्शनी संयोजक सिद्धिचरण भट्टराईले बताउनु भयो । देवदह पर्यटकीय हिसावले समेत महत्वपूर्ण स्थल रहेकोले देवदहमा रहेका भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक स्थलहरुको मेलामा फोटो प्रदर्शनी गरिएको र त्यसबाट मेलामा आउने दर्शकहरुले देवदहको वारेमा जानकारी लिने गरेको संयोजक भट्टराईले बताउनु भयो । महोत्सवको अवसरमा आयोजित लोकदोहारी गीत प्रतियोगिता अन्र्तगत पहिलो चरण सम्पन्न भएको छ । चितवन र नवलपरासी वीच भएको पहिलो चरणको लोकदोहोरी प्रतियोगितामा नवलपरासी विजयी भएको छ । प्रतियोगिताको फाईनल २० गते हुने सांस्कतिक उपसमितिका संयोजक प्रशान्त गैरेले बताउनु भयो । प्रतियोगिता अन्र्तगत भोली नवलपुर र न्यू मिर्मिरे अर्घाखाची वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय कलाकार, हास्यकलार र स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । महोत्सव अन्र्तग भएको सिङगीङ र डान्सिङ आईडलको समेत प्रस्तुती रहेको थियो ।

Tagged:

You Might Also Like