Welcome to Devdaha

An official Devdaha Tourism Site

सभासद डा. कृष्णप्रसाद न्यौपानेद्वारा महोत्सवको अवलोकन

माघ १४ । प्रदेश न ५ का सभासद डा. कृष्णप्रसाद न्यौपानेले चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको अवलोकन गर्नु भएको छ । सप्रदेश सांसद न्यौपानेले स्थानीय स्तरमा लागेको महोत्सवको अवलोकन गर्नु भएको हो । सांसद न्यौपानेले कृषि उपज स्टल, फोटो प्रदर्शनी, केराको मम, अचार, विभिन्न जातीय खानाको समेत अवलोकन गर्नु भएको हो । महोत्सवको अवलोकनको क्रममा प्रतिक्रिया दिदै प्रदेश सांसद डा न्यौपानेले देवदह कृषिको प्रचुर संचावना भएको क्षेत्र हो, देवदहलाई कृषिबाट आत्मनिर्भर बनाउन सकिने भएकोले यसको लागि राज्यले विशेष योजना ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रमा अर्गानीक तरकारी खेती, दुध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै स्थानीय तह, प्रदेश सकारले कृषिलाई प्रवद्र्धन गर्ने गरी योजना तर्जुमा गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले विशेषत स्थानीय तहले कहा तरकारी उत्पादन गर्ने भन्ने ठाउको एकिन गरी सोही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो । सांसद न्यौपानेले देवदह भगवान गौतम बुद्धको मावली स्थल समेत रहेकोले पर्यटकीय क्षेत्रको समेत विकास गर्न सकिनेमा जोड दिनु भयो । बेला बेलामा लाग्ने मेला, महोत्सवले समेत देवदहलाई पर्यटकीय क्षेत्र, अर्गानीक तरकारी उत्पादन र दुध उत्पादन क्षेत्रको रुपमा विकास गर्ने गरी अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

You Might Also Like