Welcome to Devdaha

An official Devdaha Tourism Site

मेलाको पाचौ दिन दर्शकहरुको उल्खलेनीय सहभागिता

माघ १५ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ मा दिनप्रति दिन दर्शकहरुको घुईचो बढ्दै गएको छ । मेलाको पाचौ दिन दर्शकहरुको उल्लखनीय सहभागिता रहेको मूलआयोजक समितिले जनाएको छ । उद्योग व्यापार संगठन देवदह शाखा देवदहद्वारा राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका महोेत्सवको आयोजना गरेको हो । पाचौ दिन सम्म आईपुग्दा करिव ५० हजार दर्शकले मेला अवलोकन गरेको मूलआयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईले बताउनु भयो । त्यसैगरी मेलामा अहिले सम्म करिव दुर्इ करोड भन्दा माथि कारोवार भएको अध्यक्ष ठड्राईले जानकारी दिनु भयो । मेला स्थलमा देवदह क्षेत्रमा उत्पादन गरेका कृषि उपज स्टल, देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको फोटो प्रदर्शनी आर्कषणको रुपमा रहेको छ । अर्गानिक तरकारी उत्पादन क्षेत्रको रुपमा परिचित हुदै आएको देवदह क्षेत्रमा उत्पादन गरेका तरकारी, दुध उत्पादनलाई विशेष प्राथमिकता दिएर मेलामा कृषि स्टल राखिएको हो । कृषि क्षेत्रको प्रचुर संभावना रहेकोले कृषिको प्रवद्र्धन गरी आत्मनिर्भर तर्फ लैजान सकिने भएकोले पनि मेला स्थलमा देवदह क्षेत्रमा उत्पादन गरेका कृषि उपजलाई विशेष प्राथमिता दिएको मूलआयोजक समितिले जनाएको छ । महोत्सवको अवसरमा आयोजित कुश्ती प्रतियोगिता सम्पन्न भएको छ । नेपालका ५ जना र भारतका १३ जना गरी करिव १८ जना पहलवानहरुको सभागिता रहेको प्रतियोगितामा भारत आग्राका पथर पहलवान प्रथम भएको छ । त्यसैगरी नवलपरासीका बैजनाथ पहलवान द्धितिय, नवलपरासी हुकुईका नरेन्द्र थापा पहलवान तृतिय भएको छ । विजेता संगै प्रथमले २१ हजार, द्धितियले १५ हजार र तृतियले १० हजार प्राप्त गरेको छ । देवदह क्षेत्रमा पहिलो पटक कुश्ती प्रतियोगिता भएकोले कुश्ती खेल हेर्न दर्शकहरुको घुईचो लागेको थियो । मेलामा लोकदोहोरी गीत प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा गुल्मी कलाकुञ्ज गुल्मी र राष्ट्रिय लोक तथा दाहोरस् गीत प्रतिष्ठान नवलपरासी वीच प्रतिस्पर्धा भएको थियो ।

You Might Also Like