Welcome to Devdaha

An official Devdaha Tourism Site

प्रचण्डद्वारा देवदह मेला समुद्घाटन हुदै


श्रोत : सचिवालय
माघ १०, “राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगीकिकरण तथा विविधिकरण” भन्ने मूल नाराका साथ् देवदह  ९, बुद्धनगरमा आयोजना हुन गईरहेको चौथो राष्ट्रिय औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव-२०७४को उद्घाटन भोलि ११ गते, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको हाथबाट हुने भएको छ ।
देवदहको स्थानीय पर्यटन, कृषि र पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ् आयोजना हुन लागेको यस महोत्सवमा कृषि जन्य उत्पादन, घरेलु उत्पादन जस्ता स्थानीय उत्पादनको प्रदर्शनी हुने भएको छ । साथै सास्कृति कार्यक्रम, बाल उधान तथा खेलकुद प्रतियोगिता उक्त मेलाको मुख्य आकर्षण रहनेछ ।
भोलि ११ गते हुने उद्घाटन समारोहमा, देवदह खैरेनी लोकेश्वोर मन्दिरबाट झाकी शुरु भइ मेला स्थल सम्म आइपुग्ने कार्यक्रम पनि रहेको छ । झाकीमा विभिन्न संघ सस्था, आमा समूह, युवा क्लब एबम विधार्थीहरु समावेश गराइने लक्ष्य राखिएको जनाइएको छ ।
त्यसै गरि चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत सिङगीङ आईडलको अडिसन सम्पन्न भएको छ । स्थानीय कलाकारह?लाई प्रवद्र्धन गर्ने उद्देश्यले सिङगीङ आईडलको आयोजना गरेको सांस्कृतिक उपसमितिका संयोजक प्रशान्त गैरेले बताउनु भयो । उहाका अनुसार स्थानीय स्तरमा रहेका कालकारह?को कलालाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने गरी सिङगीङ आईडलको आयोजना गरेको हो । स्थानीय स्तरका करिव २० जना कलाकारह?को सहभागिता रहेको सिङगीङ आईडलमा १० जना छनोट भएको गैरेले बताउनु भयो । सिङगीङ आईडललाई एस्पोर्ट एजुकेशनले प्रायोजना गरेको सांस्कृतिक उपसमितिका संयोजक गैरेले बताउनु भयो । महोत्सवमा अडिसनबाट छनोट भएका १० जना वीच प्रतिस्पर्धा गरिने उहाले बताउनु भयो । सिङगीङ आईडलमा राष्ट्रिय कलाकार तेजु अर्याल र किशोर विकले निर्णयकको भूमिका निर्वाह गर्नु भएको थियो । सांस्कृतिक उपसमितिका संयोजक प्रशान्त गैरेको अध्यक्षता र मोहन गु?ङ्गको संचालनमा भएको अडिसन कार्यक्रममा वालकुमार श्रेष्ठ, रमेश पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Tagged:

You Might Also Like