Welcome to Devdaha

An official Devdaha Tourism Site

पुर्वसांसद शंकर पाण्डेद्वारा देवदह महोत्सब अवलोकन

माघ १३ । पुर्वसांसद शंकर पाण्डे लगातयले देवदहमा संचालन भएको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को अवलोकन गर्नु भएको छ । सांसद पाण्डेले मेला स्थलमा राखिएको कृषि स्टल, फोटो प्रदर्शनीको अवलोकन गर्नु भएको छ । सो अवसरमा बोल्दै स्थानीय स्तरमा हुने मेला महोत्सवमा स्थानीय क्षेत्रमा उत्पादन भएका वस्तुलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । उहाले देवदह महोत्सवमा कृषिलाई प्रवद्र्धन गर्ने गरी कृषि स्टल राखेकोमा धन्यवाद दिनु भयो । उहाले देवदह क्षेत्र कृषिको प्रचुर संभावना भएको क्षेत्र भएकोले कृषिलाई प्रवद्र्धन गर्ने गरी मेला महोत्सव आयोजना गर्नुपर्नेमा जोड दिनु भयो । उहाले भगवान गौतम बुद्धको मावली क्षेत्र भएकोले पर्यटन प्रद्र्धन गर्ने गरी अगाडि बढ्ने सके आर्थिक रुपमा पनि सवल हुन सकिनेमा जोड दिनु भयो । नीजी क्षेत्र, स्थानीय निकाय, सहकारी संस्थाहरु मिलेर देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लाग्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बचत तथा ऋण सहकारीका केन्द्रिय सदस्य कृष्ण नेपालको टोलीले महोत्सवको अवलोकन गर्नु भएको हो ।

Tagged:

You Might Also Like