Welcome to Devdaha

An official Devdaha Tourism Site

देवदह मेलामा रोमान्चक कुस्ती प्रतियोगिता(तस्बिर सहित)

माघ १४ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकहरुको आकर्षणको रुपमा कुश्ती खेल रहेको छ । देवदह क्षेत्रमा पहिलो पटक कुश्ती खेल प्रतियोगित भएकाले पनि कुश्ती खेल हेर्न दर्शकहरुको घुईचो लाग्ने गरेको छ । कुश्ती प्रतियोगिता हुने भन्ने सुनेपनि अहिले सम्म आफुहरुले देख्न नपाएको र यो महोत्सवमा कुश्ती प्रतियोगिता हेर्न पाएको स्थानीयवासीहरुको भनाई रहेको छ । कुश्ती प्रतियोगिताले दर्शकहरुको मन तान्न सफल भएको मूलआयोजक समितिका संयोजक गोविन्द ठड्राईले बताउनु भयो । नेपाल र भारतका पहलवानहरुले कुश्ती प्रतियोगितामा भाग लिएका छन् । महोत्सव अन्र्तगत चौथो दिन भएको कुश्ती खेलमा भारतको कानपुरका गुठ्ठु पहलवान, बनारसका गोविन्द पहलवान, नवलपरासीका बैजनाथ पहलवान, कानुपुरका विजय पहलवान, झासीका अशोक पहलवान दोश्रो सेमिफाईलनमा प्रशेव गरेको छ । कुश्ती प्रतियोगिताको भोली फाईनल हुने मूलआयोजक समितिले जनाएको छ ।

You Might Also Like