Welcome to Devdaha

An official Devdaha Tourism Site

देवदहको समृद्धिको हकमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

माघ १६ । भगवान गौतम बुद्ध संग सम्वन्धीत ऐतिहासिक स्थलहरुको उत्खनन् गरेर देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । उनीहरुले देवदहमा होमस्टे संचालन गर्न सकिए आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन सकिनेमा जोड दिदै विभिन्न जातजातीको भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्न लाग्नु पर्ने बताएका थिए । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को अवसरमा आयोजित देवददह क्षेत्रमा औद्योगिक, पर्यटन तथा कृषिको संभावना र चुनौती विषयक कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको पहिचान गरी संरक्षण र सम्वद्र्धन गर्न नगरपालिकाले बजेट विनियोजन गर्न आवश्यक रहेको बताएका थिए । नगरपालिकाले अवलम्वन गरेको एक नगर एक उत्पादनलाई विशेष जोड दिदै सोही अनुसार काम गर्नुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहको विकासको लागि सवै पक्ष संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सवैले आ–आफनो दायित्व र भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गणेश घिमिरेले पर्यटन विकासको लागि देवदहा पर्यटन सूचना केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनु भयो । उहाले देवदहमा रहेको पाकरी वृक्ष, देवदह दह, बैरीमाई, खयरडाडा, भवानीपुरको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो । औद्योगिक विकासले मात्र आत्मनिर्भर बन्ने सक्ने भएकाले औद्योगिक विकासको लागि नगरपालिकाले विशेष योजना ल्याउनु पर्नेमा जोड दिनु भयो । कार्यपत्र माथि टिप्पणी गर्दै सिद्धिरचण भट्टराईले पर्यटनको माध्यमबाट आर्थिक विकास तर्फ लाग्न सकिने बताउनु भयो । उहाले पर्यटन विकासको लागि पुर्वाधार निर्माण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले नगरपालिकाले आत्मसाथ गरेको एक नगर एक उत्पादनलाई स्थानीय तहले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

You Might Also Like