Welcome to Devdaha

An official Devdaha Tourism Site

करिब ९ करोडको कारोबार गर्दै देवदह महोत्सब सम्पन्न

माघ २१ । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण भन्ने मूलनाराका साथ आयोजित चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ सम्पन्न भएको छ । दुई लाख दर्शकले मेलाको अवलोकन गरेको र करिव ९ कारोडको आर्थिक कारोवार भएको मूलआयोजक समितिका संयोजक गोविन्द ठड्राईले बताउनु भयो । उद्योग व्यापार संगठन देवदह शाखाले पर्यटन, कृषि र औद्योगिक विकास गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरेको हो । सोही अवसरमा बोल्दै क्षेत्र नं १, रुपन्देहीका प्रतिनिधि सभा सदस्य छविलाल विश्कर्माले नेपाली नागरिकले आफ्नो मतद्धारा राजनितिक निकास निकालिसकेकोले अव नागरिकको विकाशको सपना पुरा गर्न अव गठन हुने सरकार तयार रहेको बताउनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहनुका नेता विश्वकर्माले नेपाली नागरिकलाई स्वाभिमान बनाउन र देशलाई आत्मनिर्भर बनाउन आफु लागि पर्ने प्रतिबद्धता जनाउनु भयो । नेता विश्वकर्माले देवदहलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन यस्ता व्यापार मेलाले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भयो । उहाले महोत्सव स्थलमा स्थायी संरचना निर्माण गर्न आफुले विशेष पहल गर्ने बताउदै त्यसको लागि स्थानीयवासी समेत लाग्नु पर्ने बताउनु भयो । नेता विश्वकर्माले नागरिकको जनमतको अनादर गर्दै देउवा सरकारले सत्ता लव्याउन विभिन्न तानावाना बुनेको आरोप लगाउनु भयो । सोही अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य वामदेव क्षेत्रीले उद्योगको विकासले मात्र स्वरोजगारको सृजना गर्ने भएकोले राज्यले उद्योग विकासका लागि दीगो योजना ल्याउनु पर्नेमा जोड दिनु भयो । उहाले कृषिको विकास विना देश आत्मनिर्भर हुन नसक्ने हुदा राज्य सहकारी र निजी क्षेत्रले समेत आधुनिक कृषिमा लगानी गर्नुपर्ने बताउनु भयो ।

प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले देवदह क्षेत्रको विकासको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले औद्योगिक क्षेत्रको विकास संगै कृषि व्यवसायीकरण गर्नुपर्नेमा बताउदै त्यसको लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । त्यसैगरी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष डम्वरदेव अर्यालले राज्यले उद्योगको संरक्षण गर्न नसक्दा लाखौ युवाहरु विदेशिनु परेको बताउनु भयो । उहाले उत्पादनमा बृद्धि गरी निर्यात बढाई देशलाई आत्मनिर्भर बनाउन राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिनु भयो । मूलआयोजक समितिका संयोजक गोविन्द ठड्राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, नेकपा एमालेका ऋषिराम सापकोटा, देवदह ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, रुपन्देही उद्योग संघका गणेश अधिकारी, माओवादी केन्द्रका लक्ष्मी कडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्था, विद्यालय, राजनैतिककर्मी, मूलआयोजक समिति, उपसमिति लगायतलाई सम्मान गरिएको थियो ।

प्रशान्त गैरेको संचालनमा भएको कार्यक्रममा सहसंयोजक गणेश खातीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । महोत्सव अन्र्तगत भएको सिङगीङ आईडलमा रुपा रौतर बुटवल प्रथम भएको छ । त्यसैगरी सुमन गुरुङ्ग खैरेनी द्धितिय, गणेश थापा तृतिय भएको छ । महोत्सवकै अवसरमा आयोजित डान्सिङ्ग आईडलमा तृष्णा पुन देवदह–८, प्रथम, निर्जला रणपाल देवदह–६, द्धितिय र रोजना अधिकारी सुनवल–७ तृतिय भएको सांस्कृतिक उपसमितिका संयोजक प्रशान्त गैरेले जानकारी दिनु भयो ।

मेलाको तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् !!

 

Tagged:

You Might Also Like